नेपालअखबार, काठमाडौँ । नेकपा उमालेले सुवासचन्द्र नेम्वाङलाई राष्ट्रपति बनाउनका लागि सहयोग माग्दै कांग्रेसबाहेकका दललाई पत्राचार गर्ने निर्णय गरेको छ ।
बैठकपछि पार्टीका प्रचार विभार प्रमुख पृथ्वीसुब्बा गुरुङले नेम्वाङलाई राष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरेको जानकारी दिँदै उनको पक्षमा सहयोग माग्दै काग्रेसबाहेकका सबै पार्टीसँग सहयोग माग्दै पत्राचार गर्ने निर्णय भएको बताए । कांग्रेसले भने आफ्नै उम्मेदवार उठाएकाले सहयोग माग्ने कुरा नहुने उनको भनाइ छ ।
Advertisement