Saturday, July 4

एमालेले तत्काल सरकार नछोड्ने

नेपालअखबार, काठमाडाैं । नेकपा एमालेले तत्काल सरकार नछाड्ने बताएको छ।

Advertisement

शनिबार बिहान बसेको सचिवालय बैठक सकिएपछि पत्रकारहरूसँग बोल्दै एमाले उपमहासचिव पृथ्वीसुब्बा गुरूङले एमालेले तत्काल सरकार नछाड्ने बताएका हुन्।

Advertisement
Advertisement

एमालेले राष्ट्रपतिको उम्मेदवार उपाध्यक्ष सुवास नेम्वाङलाई बनाउने निर्णय गरेको छ। उनलाई समर्थन गर्नको लागि कांग्रेसबाहेक अरू पार्टीलाई पत्राचार गर्ने गुरूङले बताए।

Advertisement

‘उहाँलाई समर्थन गर्नका लागि नेपाली कांग्रेसको आफ्नै उम्मेदवार भएकोले कांग्रेसबाहेक आजै हामीले सम्पूर्ण पार्टीलाई सहयोगका लागि पत्राचार गर्ने र निरन्तर रूपमा २५ गतेसम्म यो काम जारी रहेनछ’, उनले भने।

यसका साथै, बैठकले पुस १० को सहमति कार्यान्वयनको पहल गर्ने निर्णय समेत गरेको उनले बताए।

‘२५ गते राष्ट्रपति निर्वाचन हुने भएकोले त्यतिबेलासम्म पुस १० गतेको सहमति अनुसार अघि बढ्नेछौं’, उनले  भने।