Saturday, April 18

पत्रकार बन्न लाइसेन्स परीक्षा अनिवार्य

मिडिया काउन्सिल विधेयकमा पत्रकारिता पेशामा आउनेहरुका लागि लाइसेन्स परीक्षा पास गर्नुपर्ने प्रावधान राखिएको छ।

सोमबार राष्ट्रियसभाको विधायन व्यवस्थापन समितिबाट सर्वसम्मतिमा पारित भएको नेपाल मिडिया काउन्सिल सम्बन्धी कानूनलाई संशोधन गर्न र एकीकरण गर्न बनेको विधेयकमा उक्त प्रावधान राखिएको हो।

Advertisement

समिति सभापति परशुराम मेघी गुरुङले अहिले पत्रकारिता पेशामा संलग्न व्यक्तिहरुको हकमा कुनै लाइसेन्सको व्यवस्था नगरिने तर नयाँ आउन चाहानेहरुका लागि काउन्सिलको पाठ्यक्रमका आधारमा परीक्षा लिने व्यवस्था गर्ने सहमति सहित पारित गरिएको बताए।

‘सबै पत्रकार र संस्थाको अभिलेखिकरण काउन्सिलमा पनि हुनुपर्ने र अभिलेख राख्ने क्रममा अहिले पेशमा रहेकाहरुको हकमा कुनै लाइसेन्सको व्यवस्था गरिने छैन। नयाँ आउन चाहानेहरुका लागि काउन्सिलले पाठ्यक्रमको आधारमा परीक्षा लिएर लाइसेन्सको व्यवस्था गर्ने कुरा पारित भएको छ’, उनले भने।

Leave a Reply

Your email address will not be published. Required fields are marked *