Sunday, July 12

मुग्लिन–पोखरा सडक तनहुँ खण्ड १० दिनसम्म राति ४ घन्टा बन्द हुने

नेपालअखबार, तनहुँ । मुग्लिन–पोखरा सडक योजना (पूर्वीखण्ड) आगमी २९ गतेसम्म बन्द हुने भएको छ । तनहुँको बिमलनगरदेखि घाँसीकुवा खण्डमा सडक विस्तारको काम गर्न राति १२ बजेदेखि बिहान ४ बजेसम्म सडक बन्द हुने भएको हो।

Advertisement

फागुन १८ गते बिहीबारदेखि १० दिनसम्म राति १२ बजेदेखि बिहान ४ बजेसम्म सडक बन्द गरेर काम गरिने मुग्लित्र पोखरा सडक खण्ड (पुर्वी योजना)ले जनाएको छ ।

Advertisement
Advertisement

‘१० दिनसम्म राती १२ बजे देखी बिहान ४ बजेसम्म यातायाता आवागमन बन्द गरी सडक खन्ने कार्य गर्नु पर्ने भएकाले सो समयमा अगाडी वा पछाडी मात्र उक्त सडक वारपार गरिदिनु हुन सबन्धित सबै यात्रु महानुभावहरुमा हार्दिक अनुरोध छ’ जारी सुचनामा भनिएको छ ।

Advertisement