Saturday, April 11

यात्रु बोक्ने निजि सवारीलाइ कारवाही

गाेरखा । जिल्ला ट्राफिक प्रहरी कार्यालयले भाडामा यात्रु बोक्ने निजि सवारी साधनलाई कारवाही गरेको छ । मंगलबार प्रयोजन विपिरित प्रयोग भएको ६ वटा कार तथा जीपहरुलाई नियन्त्रणमा लिइएकोे जिल्ला ट्राफिक प्रमुख सुकबहादुर बिकले जानकारी दिए ।

‘सम्बन्धित धनिलाई समेत बोलाएर प्रयोजन बिपरित सवारी नचलाउने लिखित प्रतिवद्धता गराएका छौं’ उनले भने ‘आइदा यात्रु बोकेको भेटिएमा कारवाहीका लागि सिधै यातायात व्यवस्था कार्यालय पठाउने कुरा पनि स्पष्ट पारेका छौं ।’

Advertisement

पछिल्लो समय निजि सवारी साधनको मनोमानी बढेको विषयमा गोरखा समाचार दैनिकले समाचार प्रकाशन गरेपछि सोमबार पनि २ वटा निजि कारलाई नियन्त्रणमा लिई कारवाही गरिएको थियो । जिल्लाका ग्रामिण भेगमा रातो प्लेटका जीपले यात्रुलाई जोखिमयुक्त यात्रा गराएको गुनासो आइरहेको छ ।

बजार क्षेत्रमा जस्तै ग्रामिण बजार प्रवेश गर्ने नाकाहरुमा पनि कडाई गर्न सर्वसाधरणले माग गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *