गाेरखा । शहिद दिवशका अवसरमा गोरखामा दिप प्रज्वलन भएको छ ।
गोरखा जेसीज गोरखा र लियो क्लब अफ गोरखाको संयुक्त आयोजनामा दिवशका अवसरमा गोरखाको हरमटारी चोकमा बिहिबार साँझ दिप प्रज्वलन भएको हो ।
मुलुकमा प्रजातन्त्र स्थापनाका लागि विक्रम सम्वत् १९९७ मा शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, दशरथ चन्द र गंगालाल श्रेष्ठले आफ्नो प्राणको आहुती दिएको सम्झनामा र सम्मानका लागि कार्यक्रम आयोजना गरिएको गोरखा जेसीजका अध्यक्ष सुवास मल्लले बताए ।
कार्यक्रममा जेसीजका अध्यक्ष मल्ल, लियो क्लबका अध्यक्ष विदुरवल्लभ भट्टराई लगायतले बोलेको जेसीजका महासचिव शिवहरी तिमिल्सिनाले जानकारी दिए ।
कार्यक्रममा जिल्लाका नागरिक समाज, सामाजिक संघ संस्था लगायत सर्वसाधारणको सहभागिता रहेको थियो ।



