Thursday, July 16

सिन्धुली बस दुर्घटना: ६ जनाको मृत्यु

नेपालअखबार, सिन्धुली। सिन्धुलीमा भएको बस दुर्घटनामा थप एक जनाको मृत्यु भएको छ।

Advertisement

योसँगै दुर्घटनामा मृत्यु हुनेको संख्या ६ पुगेको छ।

Advertisement
Advertisement

मृत्यु हुनेमा तीन पुरुष, दुई महिला र एक बालिका रहेका छन्। उनीहरुको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक चिरञ्जीवी दाहालले बताए।

Advertisement

सिन्धुलीको फिक्कल गाउँपालिका–४ कुइभिरमा आज बस दुर्घटना हुँदा २९ जना घाइते भएका छन्।

ओखलढुङगाबाट काठमाडौँतर्फ जाँदै गरेको बा २ ख ६५९६ नम्बरको बस दुर्घटना भएको हो। मृतकको पहिचान खुल्न सकेको छैन।

घटनास्थलबाट घाइतेको उद्धार गरी उपचारका लागि गोलञ्जोर गाउँपालिका–७ खुर्कोटस्थित सामुदायिक अस्पताल लगिएको छ।

चालकको अवस्था सामान्य रहेको छ। उनको घुर्मीमा उपचार भइरहेको छ। बस अनियन्त्रित भई भित्तामा ठोक्किँएर दुर्घटना भएको प्रहरीले जनाएको छ। रासस