Thursday, July 16

काभ्रे धुलिखेल नगर कमिटीमा अधिवेशन आयोजक कमिटी गठन

नेपालअखबार, काभ्रे। नेकपा ( एकीकृत समाजवादी )  धुलिखेल नगर कमिटीले आयोजना गरेको आठौं विस्तारित बैठक तथा पिकनिक सम्पन्न भएको छ । काभ्रे स्थित धुलिखेलको देवी थानमा रहेको देउराली रिसोर्टमा भएको बैठकले नगर कमिटी विघटन गरी  दया सागर श्रेष्ठको संयोजकत्वमा अधिवेशन आयोजक कमिटी गठन गरेको छ।

Advertisement

बैठकले अधिवेशनलाई व्यवस्थित रूपमा सम्पन्न गर्नका लागि एक सचिवालय समेत बनाएको छ । नगर अधिबेशन अघि फरक फरक समयमा नगरका सबै वडाहरूमा पार्टी सदस्यता विस्तार तथा अद्यावधिक गर्दै वडा अधिवेशन गर्ने निर्णय गरेको छ ।

Advertisement
Advertisement

पार्टीका धुलिखेल नगर इन्चार्ज हरिगोपाल प्रधानाङ्गका अनुसार धुलिखेल नगर भित्रका वडामा  अधिवेशन चैत मसान्तसम्म  र वैशाखमा नगर अधिवेशन गर्ने तय गरिएको छ ।  अधिवेशनका लागि वडाहरूमा  सङ्गठित सदस्यता नवीकरण र सदस्यता विस्तार गरी वडा अधिवेशन गर्ने जिम्मेवारी पनि तोकिएको छ । बैठकले वैशाख ३० गते धुलिखेलमा नगर अधिवेशन गर्ने मिति तोकेको इन्चार्ज प्रधानाङ्गले जानकारी दिनुभयो।

Advertisement