Saturday, July 4

राजनीतिक स्थिरता कायम गर्दै अर्थतन्त्र सुधार्न युद्धस्तरमा काम गर्छौँ : प्रधानमन्त्री प्रचण्ड

नेपालअखबार, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले देशको अर्थतन्त्र अहिले पनि सजिलो अवस्थामा नभएको बताएका छन्। नेपाल निर्माण व्यवसायी महासंघको २४ औँ साधारण सभालाई सम्बोधन गर्दै उनले मन्त्रिपरिषद्को पहिलो बैठकबाट नै अर्थतन्त्रमा देखिएका समस्या समाधान गर्न गम्भीर पहल थालेको बताएका छन्।

Advertisement

उनले भने, ‘देशको अर्थतन्त्र अहिले पनि सजिलो अवस्थामा छैन । तर आत्तिइहाल्नुपर्ने परिस्थिति पनि छैन । गत वर्ष हामीसँग वैदेशिक मुद्रा सञ्चितीमा ह्रास आउँदा कतै मुलुक आर्थिक संकटमा परिहाल्ने हो कि, त्यसले सिंगो देशको स्वाधीनता र अस्तित्व संकटमा पर्ने हो कि भन्नेजस्तो परिस्थिति विद्यमान थियो । तर बाह्य क्षेत्र सन्तुलनमा राख्न तत्कालीन अवस्थामा सरकारले लिएका नीतिहरूका कारणले गर्दा त्यस्तो संकटको सम्भावना टरेको छ ।’

Advertisement
Advertisement

छिमेकका केही मुलुकहरू वैदेशिक मुद्राको घट्दो सञ्चितीबाट आर्थिक रूपले कठिन अवस्थामा परेको बेला हामीसँग १० महिनाभन्दा बढीको वस्तु तथा सेवा आयात धान्ने सञ्चित रहेको उल्लेख गर्दै अर्थतन्त्र संकटबाट क्रमशः सुधारतर्फ अग्रसर भइरहेको बताए।

Advertisement