Friday, July 3

राष्ट्रपति भण्डारी र प्रधानमन्त्रीसहित विभिन्न पार्टीका शीर्ष नेताबीच शितल निवासमा बिदाइ भेट

नेपालअखबार, काठमाडाैं । राष्ट्रपति विद्यादेवी भण्डारीले आफ्नो कार्यकालको अन्तिम दिन आइतबार राष्ट्रपति भवन शीतल निवासमा शीर्ष राजनीतिक नेतृत्वसँग सामूहिक भेट गरेकी छन्।

Advertisement

नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहित प्रमुख राजनीतिक दलका प्रमुखहरूसँग राष्ट्रपति भण्डारीले सामूहिक भेटघाट र चियापान गरेको उनका प्रेस विज्ञ टीकाप्रसाद ढकालले जानकारी दिए।

Advertisement
Advertisement

भेटघाटमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव, लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर, नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रञ्जिता श्रेष्ठलगायत नेताहरू सहभागी थिए।

Advertisement

सो अवसरमा राष्ट्रपति भण्डारीले आफ्नो कार्यकाल पूरा गर्न सहयोग गर्ने विभिन्न कार्यकालका प्रधानमन्त्रीहरू, राजनीतिक नेतृत्व र सम्बद्ध सबैलाई धन्यवाद दिएकी थिइन्।

शीर्ष नेताहरूले उनको कार्यकाल सफलतापूर्वक पूरा भएको भन्दै बधाई दिएका थिए।

नवनिर्वाचित राष्ट्रपति पौडेलको सपथ ग्रहण सोमबार दिउँसो १ बजे शीतल निवासमा तय गरिएको छ।