Friday, July 10

सामान्य प्रशासन मन्त्रालयले माग्यो कर्मचारीको विवरण

नेपालअखबार, काठमाडौँ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सङ्घीय कार्यालयका कर्मचारीहरूको विवरण माग गरेको छ ।

Advertisement

मन्त्रालयले सबै मन्त्रालय, संवैधानिक आयोग र संवैधानिक निकायहरूलाई परिपत्र गर्दै तीन दिनभित्र कर्मचारीको विवरण बुझाउन भनेको छ ।

Advertisement
Advertisement

मन्त्रालयका उपसचिव कमानसिंह थापाद्वारा हस्ताक्षरित परिपत्रमा भनिएको छ,‘ मन्त्रालय-संवैधानिक आयोगको स्वीकृति सङ्गठन संरचना बमोजिम कर्मचारीको पदपूर्तिसम्बन्धी ढाँचामा कर्मचारीको विवरण तीन दिन भित्र मन्त्रालयको कर्मचारी महाशाखामा बुझाउन निर्णयअनुसार अनुरोध छ।’ मन्त्रालयले पद, श्रेणी, सेवा समूह, स्वीकृत दरबन्दी, पदपूर्ति, रिक्त, फाजिल, सरुवा लगायतको विवरण माग गरेको हो ।

Advertisement