Friday, July 10

उपराष्ट्रपति उम्मेदवारमा सहमति खोज्न सत्ता गठबन्धन दलको बैठक बस्दै

नेपालअखबार, काठमाडौँ । १० दलीय सत्ता गठबन्धनको बैठक आज पनि बस्ने भएको छ । बुधबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको  गठबन्धनको बैठक उपराष्ट्रपतिको निर्वाचनका विषयमा छलफल भए पनि आधिकारिक उम्मेदवार तोक्ने विषयमा सहमति जुटेको थिएन ।

Advertisement

गठबन्धनबाट उपराष्ट्रपतिको उम्मेदवार जसपाका रामसहाय यादव र जनमत पार्टीकी ममता झा रहेका छन् । दुई उम्मेदवारमध्ये एकलाई गठबन्धनको साझा उम्मेदवार बनाउनका लागि दलहरू समझदारी खोजी रहेका छन् ।

Advertisement
Advertisement

माओवादी केन्द्रका नेता शक्ति बस्नेतका अनुसार १० दलका बीचमा साझा उम्मेदवार तय गर्ने विषयमा सकारात्मक रूपमा छलफल भएको छ। आज बस्ने बैठकले यस विषयमा सहमति जुटाउने बस्नेतको भनाइ छ ।

Advertisement

बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँगै पूर्व प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, कांग्रेस उपसभापति पूर्णबहादुर खड्का, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल, पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराई, लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरलगायत शीर्ष नेता सहभागी थिए ।

आज बस्ने गठबन्धन बैठकमा पनि शीर्ष नेताहरूको सहभागिता रहनेछ । नेताहरूले जसपाका यादवलाईसाझाउम्मेदवार बनाउन जोड दिए पनि जनमत पार्टीले आफ्नो अडान कायमै राख्दा सहमति जुट्न नसकेको हो ।