Friday, July 31

एमालेले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत नदिने

नेपालअखबार, काठमाडाैं । नेकपा एमालेका संसदीय दल उपनेता सुवास नेम्वाङले प्रधानमन्त्रीलाई पार्टीले विश्वासको मत नदिने बताएका छन्।

Advertisement

एमाले जिम्मेवार प्रतिपक्ष भूमिकामा बस्ने उनले बताए।

Advertisement
Advertisement

आज प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधि सभाबाट विश्वासको मत लिने तयारी गरेका छन्। दिउँसो १ बजे प्रतिनिधि सभा बैठक बस्दैछ।

Advertisement

नेम्वाङले एमाले प्रमुख प्रतिपक्षमा बस्ने संघीय संसद सचिवालयलाई जानकारी गराइसकिएको बताए।

‘हामीले सभामुख, संसद सचिवालय सबैलाई भनिसकेका छौं, हामी जिम्मेवार प्रतिपक्ष बनेर बस्छौं,’ उनले भने, ‘हामी त छायाँ सरकार हो नि! संविधानले दिएको जिम्मेवारी, संसदीय मूल्यमान्यताअनुसार हामी अघि बढ्छौं।’

नेकपा एमाले आइतबारको प्रतिनिधि सभा बैठकमा पनि प्रमुख प्रतिपक्षी लहरमा बसेको थियो।

गत पुस १० गते एमाले, माओवादीसहित ७ दल मिलेर प्रधानमन्त्रीमा प्रचण्ड नियुक्त भएका थिए। पुस २६ मा विश्वासको मत लिँदा प्रधानमन्त्री प्रचण्डलाई एमालेले विश्वासको मत दिएको थियो। त्यसबेला एमाले पनि सरकारमा थियो।

तर फागुन १३ गते राष्ट्रपति निर्वाचनका लागि उम्मेदवारी दर्ता गर्ने बेला माओवादीले राष्ट्रपति उम्मेदवारमा कांग्रेसलाई सहयोग गरेको थियो। पूर्वसहमतिबाट माओवादी पछि हटेको भन्दै एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिँदै मन्त्रीहरू पनि फिर्ता बोलाएको थियो।