Tuesday, June 30

मुस्लिम मिडिया प्रा लि को आयोजनामा कवी सम्मेलन सम्पन्न

मेवालाल यादव , रौतहट ।  रौतहटको राजपुर नगरपालिका स्थित रहेको पानीटंकिमा इन्डो नेपाल सद्भाव मुशायरा तथा कवि सम्मेलन कार्यक्रम सम्पन्न भएको हो । सबै भाषा र संस्कृतिको जगेर्ना गर्ने उद्देश्यले मुस्लिम मिडियाद्वारा आयोजना गरिएको केही समय निरन्तर इन्डो नेपाल सद्भाव मुशायरा तथा कवि सम्मेलन र बहुभाषिक कवि गोष्ठीको आयोजना गरेका थिए ।

केही समय पहिलेसम्म कहिले काहीँ मात्रै हुँदै आएको इन्डो नेपाल सद्भाव मुशायरा तथा कवि सम्मेलन अहिले हरेक साता गरिने गरिएको मुस्लिम मिडिया प्रा. लिका अध्यक्ष मो. इस्त्याक आलमले बताए ।

Advertisement

उनलेले युवा पुस्तामा उर्दु शायरी प्रति आकर्षण बढ्दै गएकोले आफूहरूले मुशायरा तथा कवि सम्मेलनलाई निरन्तरता दिइएको कार्यक्रमको प्रमुख अतिथि भारतीय जर्नलिस्ट एसोसिएसनको राष्ट्रिय अध्यक्ष सेराज अहमद कुरैसीले बताए । मधेस प्रदेश सरकारका कृषि राज्य मंन्त्री संन्जय यादवले कविता र साहित्य , कालाबाट हाम्रो समाजमा दिन प्रति दिन अगाडि बढदै गरेका छन् ।खास गरि रौतहट जिल्ला तथा मधेसमा कुनै राजनीति , समाजिक ब्यक्तिले रौतहटबाट नाम आए पछि नेपालमा सबै भन्दा साक्षर अभियानमा पर्ने जिल्ला रौतहट नै हो नेपाल सरकारले लिस्टमा देखाएका छन् ।

स्थानीय सरकारको सहयोग तथा मधेस प्रदेश सरकारको शिक्षा मंन्त्रालयबाट साक्षर बनाउने योजना बनाए हुन।यसै गरी जनमत पार्टीको तर्फबाट समाजिक अभियानले नेपालीको सातौ प्रदेशमा राजनीति , समाजिक , आर्थिक , शैक्षिकसत्रको रूपमा अभियान अगाडि बढाएको छ ।मधेस प्रदेश लगायत सबै प्रदेशमा साक्षर , रोजगारीको समस्य समाधान गर्ने उद्देश्य स्थानीय र प्रदेश सरकारले अभियान अगाडि बढाएका छन ।मुशायरा तथा कवि सम्मेलन कार्यक्रममा हार्दिकतापूर्वक गला मिलाउँछन्।

मुस्लिम समुदायमा निक्कै लोकप्रिय रहेका बिरयानी र सेबई जस्ता परिकार खुवाउँछन्। शुभकामना साटासाट गर्छन् राजपुर नगरपालिका नगर प्रमुख मो. राजिक आलमले बताए । मुशायराको असली मज्जा भनेकै ‘एकले अर्काको सिर्जना सुन्ने र प्रशंसा गर्दै ‘वाह–वाह’ गरेर रमाउनु हो। सामाजिक सद्भाव र शान्तिका लागि मुशायरा राम्रो माध्यम बनेको छ।

विगतमा मधेसी–पहाडी वा हिन्दु–मुस्लिम द्वन्द्व भड्किँदा रौतहटका शायरले मुशायरा मार्फत् शान्ति र सद्भावको सन्देश दिएका थिए। नेपाल र भारतबीचको सम्बन्धलाई रोटीबेटी सँगै गजल–मुशायराले पनि जोडेको उनको बुझाइ रहेको छ ।

नेपाल र भारतको सम्बन्धमा आपसी सद्भाव बढाउन मुशायरा तथा कवि सम्मेलनहरूले थप उर्जा गर्दै आएका छन्। नेपाली शायरहरू भारतको मुम्बई , बनारस , बालापुर, गोण्डासम्म पुगेर माहोल तताउँथे। त्यसैगरी भारतीय शायरहरूले रौतहटको माहोल तताएका दर्शकहरुले बताउछन।