Wednesday, July 29

सत्ता गठबन्धनका चार दलका शीर्ष नेताको बैठक बालुवाटारमा

नेपालअखबार, काठमाडाैं। सत्तारूढ गठबन्धनमा रहेका ठूला चार दलका शीर्ष नेताहरूको बैठक अहिले बालुवाटारमा बसिरहेको छ।

Advertisement

बालुवाटार स्रोतका अनुसार नेकपा (माओवादी केन्द्र), नेपाली कांग्रेस, नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टीका शीर्ष नेताहरूको अनौपचारिक बैठक अहिले बसिरहेको छ।

Advertisement
Advertisement

यसअघि सत्ता गठबन्धनमा रहेका १० दलको बैठक बस्ने भनिए पनि चार ठूला दलका शीर्ष नेता अनौपचारिक छलफलमा जुटेका हुन्।

Advertisement

बैठकमा अरू दलका नेताहरू पनि पछि सहभागी हुने/नहुनेबारे केही खुलाइएको छैन।

सत्तारूढ गठबन्धनमा अहिले १० दल सहभागी छन्। चैत ६ प्रधानमन्त्री प्रचण्डले संसदबाट विश्वासको मत पाएपछि मन्त्रिपरिषदलाई पूर्णता दिन लागिएको छ।

अहिले माओवादी केन्द्र र जनमत पार्टी मात्र सरकारमा सहभागी भएका छन्। खाली रहेका १६ वटा मन्त्रालयमा कुन दलबाट कति जना मन्त्री बनाउने भन्ने विषय टुंगो लाग्न बाँकी छ।

दोस्रो पटक विश्वासको मत पाएपछि प्रधानमन्त्री प्रचण्ड चार दिनभित्रै मन्त्रिपरिषद्ले पूर्णता पाउने बताएका थिए।