Friday, July 3

प्रधानमन्त्री प्रचण्ड, देउवा र माधव नेपालबीच बालुवाटारमा छलफल

नेपालअखबार, काठमाडाैं । बालुवाटारमा नेकपा माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच भेटवार्ता भएको छ।

Advertisement

समसामयिक राजनीतिक घटनाक्रम, मन्त्रिपरिषद बिस्तारलगायत विषयमा उनीहरूबीच आज बिहान छलफल भएको प्रधानमन्त्री दाहालको सचिवालयले जानकारी दिएको छ।

Advertisement
Advertisement

सत्ता गठबन्धनमा रहेका तीन दलका शीर्ष नेताहरूले मंगलबार अपरान्ह ४ बजे सत्ता गठबन्धनको बैठक बसेर मन्त्रिपरिषदलाई पूर्णता दिनेबारे सहमतिमा पुग्ने समझदारीसमेत गरेका छन्।

Advertisement

सत्ता गठबन्धनमा १० दल छन्।

गत चैत ६ मा प्रधानमन्त्री दाहालले दोस्रो पटक विश्वासको मत लिएका थिए। विश्वासको मत लिएपछि दुई/चार दिनभित्रै मन्त्रिपरिषद बिस्तार हुने प्रधानमन्त्रीले बताए पनि अहिलेसम्म मन्त्रिपरिषद बिस्तार हुन सकेको छैन।

सत्ता गठबन्धनभित्र कसले कुन मन्त्रालय लिने भन्ने सहमति नहुँदा मन्त्रिपरिषद बिस्तार नभएको हो।

नेकपा एमाले र राप्रपाले सरकार छाडेपछि प्रधानमन्त्री दाहालले १६ मन्त्रालय आफैंले हेर्दै आएका छन्।