Saturday, May 23

मिटरब्याज पीडितको समर्थनमा एकीकृत समाजवादीः झलनाथ खनाल

नेपालअखबार, काठमाडाैं। नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले मिटरब्याज पीडितहरुको आन्दोलनमा ऐक्यबद्धता जनाएका छन् ।

नेता खनालले माइतिघरमा पुगेर पीडितहरुको माग सरकारले सम्बोधन गर्नुपर्ने बताए । उनले भने, ‘तपाईंहरुको मागहरु जायज छन् । तपाईंहरुमाथि अन्याय भएको छ । त्यो सच्चिनुपर्छ । तपाईंहरुले चलाएको आन्दोलनको हामी समर्थन गर्छौं ।’देशभर मिटरब्याजीहरु फैलिएकाले सरकारले त्यसलाई रोक्नुपर्ने बताए । उनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई मिटरब्याजीको समस्या समाधान गर्न ध्यानकर्षण गराए ।

Advertisement

उनले भने, ‘हामी प्रधानमन्त्रीलाई भेटेर पनि यही कुरा भन्छौं । तपाईहरुको समस्या समाधान गर्नैपर्छ। यो परिवर्तन जनताको लागि हो शोषकको लागि होइन । तपाईंहरुको हितमा सरकारले नीति र कार्यक्रम बनाउनुपर्छ। आवश्यक पर्छ भने नयाँ ऐन पनि बनाउनुपर्छ।’ यस्तै, नेकपा एसको सचिवालय बैठकले मिटरब्याज पीडितहरुको आन्दोलनमा ऐक्यबद्धतासमेत जनाउने निर्णय गरेको थियो । मिटरब्याज पीडितको माग सम्बोधन गर्न सरकारसँग अनुरोध गर्ने र दोषीमाथि कारबाही गर्न माग गरेको छ । रासस