
नेपालअखबार, काठमाडाैं । मधेश प्रदेशमा मीटरब्याजीको समस्या न्यूनीकरण गर्न कृषि मन्त्री बसन्त कुशवाहाको पहल गरेका छन्। मधेश प्रदेशमा मीटर ब्याजीको समस्या दिन प्रति दिन विकराल हुदै गएको मन्त्री कुशवाहाले बताए। यसमा खासगरी गरीब किसानहरु पीड़ित रहेकाे बताए।
मन्त्री कुशवाहाले स्थायी समाधानका लागी मधेश प्रदेशमा पहल शुरू गरेका छन्। मधेश प्रदेशमा किसानहरु किसानी कार्यका लागी चर्को ब्याज दरमा साहुहरुसंग ऋण लिने गरेका छन्। यसका लागी मन्त्री.कुशवाहाले केही दिन देखी काठमाण्डौका केही ठुला बैंकका ब्यवस्थापकहरुसंग छलफलमा व्यस्त रहेकाछन्।
ति बैंकहरुले सहुलियत ब्याज दरमा सहज प्रक्रिया मार्फ़त ऋण उपलब्ध गराउने दाबी मन्त्री कुशवाहाले गरेका छन्। ऋणको दर ५ देखी ७% हुने अनुमान गरिएको छ। यसमा भूमिहीन किसान देखी निम्न वर्गीय साना किसानको खेती कार्य, खाद्य उपजबाट संचालन हुने उद्योग, कृषि उपजको बजारीकरण, बीऊबिजनको उत्पादन, कृषि उपकरण उत्पादन, खरीद र बिक्री आदि समेत यो ऋणबाट प्रयोग गर्न सकिने मन्त्री कुशवाहाले बताए । ऋणको सही सदुपयोगका लागी कृषि सेवा केन्द्र, बिज्ञ केन्द्र, कृषि परामर्श सेवा तथा कॉल सेण्टर समेत संचालन गरी किसानलाई कृषि कार्यमा सहजीकरण हुने मन्त्री कुशवाहाले जानकारी दिएका छन् ।

