Friday, July 3

शितल निवासमा राष्ट्रपति र प्रधानमन्त्रीबीच भेटवार्ता

नेपालअखबार, काठमाडाैं । शितल निवासमा राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ।

Advertisement

आज बिहान प्रधानमन्त्री दाहाल राष्ट्रपति पौडेललाई भेट्न शितल निवास पुगेका हुन्।

Advertisement
Advertisement

‘उहाँहरूबीचको भेटवार्ता नियमित हो,’ राष्ट्रपति सचिवालय स्रोतले भन्यो।

Advertisement

राष्ट्रपति पौडेलसँग भेटवार्ता गरेर प्रधानमन्त्री प्रचण्ड शितल निवासबाट बाहिरिइसकेका छन्।

आजको भेटवार्तामा मन्त्रिपरिषद बिस्तारलगायत विषयमा पनि कुराकानी भएको बताइएको छ।

दलहरूले नाम दिएमा आज अपरान्ह ३ बजे मन्त्रिपरिषद बिस्तार गर्ने तयारीमा प्रधानमन्त्री दाहाल छन्। मन्त्रीहरूलाई राष्ट्रपति र राज्यमन्त्रीलाई प्रधानमन्त्रीले शपथ खुवाउने व्यवस्था छ।