Friday, July 3

गण्डकीमा अब कांग्रेस नेतृत्वमा सरकार बन्छ: सुरेन्द्र पाण्डे

नेपालअखबार, काठमाडाैं । नेपाली कांग्रेस गण्डकी प्रदेश संसदीय दलका नेता सुरेन्द्र पाण्डेले प्रदेशको नेतृत्व कांग्रेसले गरे जनताले महसुस हुने गरी विकासका काम गर्ने बताएका छन्।

Advertisement

कांग्रेस बागलुङले बिहीबार आयोजना गरेको विपी स्मृति भवन शिलान्यास कार्यक्रममा नेता पाण्डेले सरकारप्रति जनअपेक्षा बढेको बताए।

Advertisement
Advertisement

कांग्रेसबाट निर्वाचित जनप्रतिनिधि जनताप्रति उत्तरदायी भएर काम गर्नुपर्ने उनले बताए।

Advertisement

अब छिट्टै केन्द्रदेखि प्रदेशसम्म गठबन्धन गरेर चुनाव लडेका पार्टीहरूको सरकार आउने भन्दै गण्डकीमा कांग्रेसले नेतृत्व लिने उनको दाबी थियो।

‘चुनावपछि गठबन्धनमा विभिन्न समस्या आए तर दुई महिना नबित्दै पुनः हामी सबै एक ठाउँमा उभिएका छौँ, सँगै चुनाव लड्यौँ, जनताका माग र समस्या समाधान गर्ने बाचा गर्‍यौँ, अब जनताका माग पूरा गर्न हामीहरू लाग्छौँ,’ उनले भने।

उनले पार्टी सङ्गठन बलियो बनाउन जनस्तरबाटै लाग्नुपर्ने बताए।

जनतामाझ पुग्ने र उनीहरूको सुख, दुःख र समस्या बुझ्न नेता कार्यकर्तालाई उनले आग्रह गरेका थिए। रासस