
नेपालअखबार, काठमाडाैं । सिंहदरबारमा खानेपानी आजदेखि निःशुल्क उपलब्ध खानेपानी मन्त्रालयले गराएकाे छ । प्रमुख अतिथि खानेपानी मन्त्री अब्दुल खानले सिंहदरबार परिसदमा रहेकाे धारा उद्घाटन गरेका छन् । मन्त्री खानले धारा उद्घाटन गरे लगतै भने जनतालाई सार्वजनिक खानेपानीको अधिकारलाई सुनश्चित गर्ने अभियान अन्तर्गत सिंहदरबारबाट निःशुल्क सार्वजनिक खानेपानीको धारा राखिएकाे जान्कारी दिएका छन् ।

जनतालाई निशुल्क खानेपानी खुवाउने अभियानले निरन्तर सञ्चालन हुने मन्त्री खानले बताए । खानेपानी मन्त्रालयमा कार्यभार समालेको दुइ महिना सात दिन मात्रै भएको छ मैले यो अबधीमा नेपाली जनतालाई शुद्ध खानेपानी खुवाउनका लागि रातदिन लागी परेको मन्त्री खानले बताए । याे छाेटाे समयमा पनि मैले काठमाडौंमा मेलम्चीको पानी वितरणमा समानताको प्रयास गरेकाे मन्त्री खानले बताए । तराईका विभिन्न जिल्लामा खानेपानी चेक जाचका लागी घुम्ती अभियान गाउ बस्तीमा सुरु मन्त्री खान स्वम् पुगेका थिए । सरकारले उत्पादन गरेको खानेपानीलाई प्राथमिकता दिने अभियान स्वरूप बोतलको पानी खानेपानी मन्त्रालयबाट हटाइ सकेकाे जानकरी दिए ।

बिश्व खानेपानी सम्मेलनमा नेपाल सरकारकाे तर्फबाट मन्त्री अब्दुल खान द यूनाइटेड नेशन्स वाटर कन्फ्रेन्स २०२३ मा सहभागि हुन अमेरिका पुगेर खानेपानीकाे अवस्था जानकारी दिएकाे बताए ।
मन्त्री खानले आज सिंहदरबारमा निशुल्क खानेपानी खुलाउने अभियान सुरू गरिएको बताएका छन् । सार्वजनिक स्थलहरू अस्पताल,विद्यालय, मंदिर, मदरसा ,बस पार्क, एयरपोर्ट, सार्वजनिक पार्क लगाएका स्थानमा निशुल्क खानेपानी उपलब्ध गराउने बताएका छन् ।

सिंहदरबार परिसदमा ४ स्थानमा धारा जडान गरिएकाे छ ।
