Thursday, July 16

कोरोना संक्रमणदर बढेको कञ्चनपुरमा बुस्टर डोज खोप लगाउनेको संख्या न्यून

नेपालअखबार,कञ्चनपुर । कञ्चनपुरमा कोभिडविरुद्धको बुस्टर डोज खोप लगाउनेको सङ्ख्या न्यून छ।

Advertisement

जिल्ला स्वास्थ्य कार्यालय कञ्चनपुरले बिहीबारदेखि  ‘बुस्टर डोज’ खोप अभियान सुरुआत गरेको थियो। खोप लगाउनेको सङ्ख्या न्यून रहेको जिल्ला स्वास्थ्य कार्यालय कञ्चनपुरका कोल्ड चेन अधिकृत जनक कुँवरले जानकारी दिए।

Advertisement
Advertisement

भारतबाट नेपाल फर्किनेमा कोरोना सङ्क्रमण देखिन थालेपछि कोभिडविरुद्धको तेस्रो मात्रा र चौथो मात्राको खोप अभियान सुरु भएको थियो तर खोप अभियानका सहभागिको सङ्ख्या न्यून रहेको उनले बताए।

Advertisement

‘खोप लगाउनेको सङ्ख्या धेरै कम छ पहिलो डोज पछि धेरै मानिस खोप लगाउन आएनन,’ उनले भने, ‘अहिलेको खोप अभियानमा पनि खोप लगाउन आउनेको  धेरै कम खोप लगाउन सबैलाई आग्रह गर्छौं।’

अहिले ५५ वर्षमाथिका ज्येष्ठ नागरिक, स्वास्थ्यकर्मी, गर्भवती र रोग प्रतिरोधात्मक क्षमता कम भएकालाई बुस्टर डोजका रूपमा खोप दिन थालिएको छ।

कञ्चनपुरको बेदकोट नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख हरिशा पालले बुस्टरडोज लगाउन आउने सङ्ख्या न्यून रहेको बताए।

‘हाम्रो नगरपालिकामा पाँच हजार चार सय डोज खोप आएको छ।’ उनले भने– ‘शनिवारसम्म करिब एक हजार पाँचसयले मात्रै खोप लगाएका छन यो न्यून हो।’

उनले सोमबार खोप अभियानको अन्तिम दिन भएकाले सङ्ख्या बढ्न सक्ने बताए। ‘हामीले गाउँगाउँमा माइकिङसमेत गरेका हौँ,’ उनले भने, ‘यसपटक बुस्टर डोज लगाउन न्यून मानिस आए।’

भीमदत्त नगरपािलकाका स्वास्थ्य शाखा प्रमुख नरेन्द्र राज जोशीले पनि पालिकामा १० हजार डोज खोप आएपनि खोप लगाउने मानिसको सङ्ख्या धेरै कम रहेको बताए।

‘पहिलो पटक खोप लगाउँदा भ्याइनभ्याइ थियो अहिले आएको खोप समेत फिर्ता गर्नुपर्ने अवस्था आएको छ,’ उनले भने, ‘सबै वडाका स्वास्थ्य संस्थामा खोप उपलब्ध छ लगाउन आउनेको सङ्ख्या न्यून छ।’

कार्यालयका अनुसार कञ्चनपुरमा बुस्टर डोजका लागि ५० हजार डोज खोप आएको छ। कार्यालयको तथ्याङ्कअनुसार हालसम्म कञ्चनपुरमा ४८ दशमलव ३० प्रतिशतले मात्रै कोभिडविरुद्धको खोप लगाएका छन। जिल्लामा चार लाख चार हजार पाँच सय ४५ जनाले कोरोनाविरुद्धको खोपको पहिलो मात्रा लगाएका छन्।

त्यसैगरी तीन लाख ६४ हजार सात सय ८५ जनाले दोस्रो मात्रा लगाएका छन् भने दुई लाख १६ हजार छ सय ६७ जनाले खोपको तेस्रो मात्रा लगाएका छन। पहिलो मात्रापछि खोप लगाउनेको सङ्ख्या घट्दै गएको स्वास्थ्य कार्यालयले जनाएको छ। रासस