Thursday, July 16

नागरिक उन्मुक्ति पार्टीले पनि तीनै क्षेत्रमा उम्मेदवारी दिने

नेपालअखबार, काठमाडाैं । नागरिक उन्मुक्ति पार्टीले आगामी वैशाख १० गते हुने उपनिर्वाचनमा तीनवटै क्षेत्रमा उम्मेदवार उठाउने भएको छ।

Advertisement

१० दलीय सत्ता गठबन्धनमा रहेको नागरिक उन्मुक्ति पार्टीले अन्य दललाई समर्थन नगरी तीन वटै निर्वाचन क्षेत्रमा उम्मेदवारी दिन लागेको हो।

Advertisement
Advertisement

सो पार्टीका नेता लक्ष्मण थारूका अनुसार बारा–२ मा रामचन्द्र चौधरी, चितवन–२ मा राजेश अधिकारी र तनहुँ– १ बाट भीम सुनारलाई पार्टीले उम्मेदवार बनाएको छ।

Advertisement

उम्मेदवारी दर्ता गराउन निर्वाचन आयोगले आज अपराह्न ५ बजे सम्मको समय दिएको छ।

मनोनयन गराउन सम्बन्धित निर्वाचन कार्यालयमा जाने नेता थारूले बताए।

आगामी वैशाख १० गते उपनिर्वाचन हुँदैछ।