Saturday, November 15

गोरखा दरबार पुर्ननिर्माण अलपत्र : काम गर्ने भन्दा समय थप्ने दाउमा ठेकेदार

गोरखा । गोरखा दरवार पुर्ननिर्माणको काम अलपत्र परेको छ । भूकम्पले चर्किएको दरवार दुई बर्षभित्र पुर्ननिर्माण सक्नेगरी २०७४ कार्तिकमा पचली भैरव शिभाको जेभीसंग सम्झौता भएको थियो ।

Advertisement

तर पुर्ननिर्माण सम्पन्न गरी हस्तान्तरण गरिसक्नुपर्ने समय गत मंसिरमा सक्किएर पुरातत्व विभागले ६ महिना म्याद समेत थपिसकेको छ । तैपनि दरवारको एक तला समेत पूरा हुन सकेको छैन ।

Advertisement

गत पुष ४ गते विभागले ठेकेदार कम्पनीलाई ६ महिना म्याद थप्ने निर्णय गरेको थियो । म्याद थप भएपछि काममा प्रगती देखिने विभागको आशा थियो तर त्यसो हुन सकेन ।

‘तिहारपछि फिल्डमा खासै कामै हुन सकेको छैन’ गोरखा दरवार हेरचाह अड्डाका प्रमुख हरीप्रसाद भुषालले भने ‘म्याद थपको समय पनि करिब डेढ महिनाभन्दा बढि बितिसकेको छ, फिल्डमा ३५ प्रतिशत जति काम भएको होला, हाम्रो अपेक्षा उल्टो भइरहेको छ ।’

हालसम्म पहिलो तलाको करिब ८० प्रतिशत काम मात्रै सकिएको छ । थप भएको समयसिमा भित्र पनि काम सकिन मुस्किल रहेको भुषाल बताउछन् । ‘पहिलो तलाको अझै २० प्रतिशत काम बाँकी नै छ, अहिले हेर्दा न निर्माण सामाग्री छ, न कामदार’ प्रमुख भुषालले भने ‘चमत्कार नै भएपनि अबको ४ महिनामा दरबार बन्दैन ।’

विभागले माग्यो ठेकेदारसंग लिखित कार्ययोजना
दरवार पुर्ननिर्माणमा भइरहेको ढिलाईका बारे पुरातत्व विभागले ठेकेदार कम्पनी पचली भैरव शिभाको जेभीलाई १५ दिनभित्र स्पष्टीकरण दिन सार्वजानिक सूचना नै निकाल्नु प¥यो ।

म्यादभित्रै काम सम्पन्न गर्ने दावी गर्दै आएका ठेकेदार सुशिलबाबु श्रेष्ठका नाममा विभागले माघ ९ गते १५ दिनभित्र विभागमा ठेक्का रद्ध गर्न नपर्नाको उचित कारण सहित लिखित स्पष्टीकरण र ६ महिने निर्माण कार्यतालिका पेश गर्न निर्देशन दिएको थियो ।

तर म्याद सकिने अन्तिम दिन विहिबारको अन्तिम कार्यालय समयमा ठेकेदार श्रेष्ठ विभाग पुगेर कार्यतालिका पेश गरे । उनले ६ महिनाभित्र पुर्ननिर्माण सक्ने लिखित योजना बिहिबार विभागलाई बुझाएका हुन ।

कार्यतालिकासंगै उनले १ बर्ष म्याद थपिदिन समेत आग्रह गरेको विभागले जनाएको छ । ‘फिल्डमा कामको प्रगती नै नभएर हामीले सचेत गराउन १५ दिने सुचना निकालेका हौ, उहाँहरु अन्तिम दिन आउनुभयो, छलफल भयो’ विभागकी पुरातत्व अधिकृत मन्जुसिं भण्डारी भनिन ‘नयाँ कार्यतालिकासंगै १ बर्ष म्याद थपको कुरा लिएर आउनुभएको रहेछ, त्यो हाम्रो अधिकारभित्र नपर्ने भएकाले ६ महिनामै काम सक्नुपर्छ भन्ने लाइनमा कुरा भयो ।’

तर हालको कार्यशैली र प्रगती हेर्दा ६ महिनामा भने काम सम्पन्न नहुने भण्डारी नै स्विकाछिन् । सार्वजानिक खरिद नियमावली आठौ संशोधन अनुसार २५ प्रतिशत मात्रै समयसिमा थप पर्न पाउने अधिकार विभागसंग रहेकाले सोभन्दा बढी हुन नसक्ने उनि बताउछिन् ।

‘अहिलेको प्रगती हेर्दा प्राक्टिकल्ली ६ महिनामा दरबार बन्दैन, तर हामीसंग ६ महिनाभन्दा बढी समय थप्ने अधिकार पनि हुदैन’ भण्डारीले भनिन ‘अबको ३ महिना उहाँहरुको काम हेर्छौ, काममा प्रगती भयो र म्याद थप्नुपरे मन्त्रालयलाई हामी सिफारिस गर्छौ ।’

तर म्याद थप भएको समयसिमाभित्र समेत अपेक्षा अनुसार प्रगती नदेखिए ठेकेदार कम्पनीलाई कारबाहीको प्रकृया अघि बढाइएने उनले बताइन् ।

विभाग मार्फत राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले ४ करोड ३२ लाख २९ हजार ३ सय १८ रुपैया दरवार पुर्ननिर्माणका लागि छुट्याएको थियो ।

शाह बंशिय उद्गम थलो मानिएको जिल्लाको गोरखा दरबार तत्कालिन राजा रामशाहको पालामा बिक्रम संम्बत १६६६ ताका बनेको किम्मदन्ती छ । दरवार भत्किाइएका कारण बिभिन्न तिथीमा हुने पूजाआजा र दशै लगायतमा दर्शनार्थीलाई समस्या हुदै आएको छ ।

त्यति मात्रै होइन समयमै दरबार पुर्ननिर्माण सम्पन्न नहुदा सरकारले घोषणा गरेको भ्रमण बर्ष र गोरखा नगरपालिकाको गोरखा जाऔ अभियानमा अपेक्षा अनुसार गोरखामा पर्यटक नभित्रिने समेत पक्का छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *