Saturday, August 1

बालुवाटारमा सत्ता गठबन्धनको बैठक जारी

नेपालअखबार, काठमाडाैं । बालुवाटारमा सत्ता गठबन्धनको बैठक बसेको छ।

Advertisement

सरकारका न्यूनतम साझा कार्यक्रमलाई अन्तिम रूप दिएर सार्वजनिक गर्न, मन्त्रिपरिषद बिस्तार, उपनिर्वाचन तयारीलगायत विभिन्न विषयमा छलफल गर्न प्रधानमन्त्री निवासमा आज बैठक बसेको हो।

Advertisement
Advertisement

बिहीबार अपराह्न ५ बजे सरकारका न्यूनतम साझा कार्यक्रम सार्वजनिक गर्ने तयारी छ।

Advertisement

सत्ता गठबन्धन बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, जसपा वरिष्ठ नेता राजेन्द्र श्रेष्ठ, नेकपा एकीकृत समाजवादीका नेता घनश्याम भुसाल, नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठ, लोसपा नेता शरदसिंह भण्डारी, आम जनता पार्टीका अध्यक्ष प्रभु साह, माओवादी महासचिव देवप्रसाद गुरूङ, नेपाल समाजवादी पार्टीका अध्यक्षद्वय बाबुराम भट्टराई र महिन्द्र राय यादवलगायत बैठकमा सहभागी छन्।

बैठकमा उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्का, भौतिक पूर्वाधार मन्त्री प्रकाश ज्वालालगायत पनि उपस्थित छन्।

कांग्रेसले ४, जसपा र जनमतले एक-एक मन्त्री सरकारमा पठाउन बाँकी छ। प्रधानमन्त्री दाहालले ६ मन्त्रालय अझै आफैंले हेर्दै आएका छन्।