Monday, May 11

माघदेखि बेपत्ता गुरुङको शव सेती नदीमा फेला

नेपालअखबार, पोखरा। माघ ९ गतेदेखि बेपत्ता पोखराका विश्वबहादुर गुरुङको शव  भेटिएको छ।

गुरुङको शव सेती नदीमा भेटिएको हो । गरूङले माघ ९ गते सेतीमा हाम फालेका थिए। ४४ गुरुङ कास्की जिल्ला माछापुच्छ्रे  गाउँपालिका ६  घर भई पोखरा महानगरपालिका १६ लामाचौर बस्थे ।

Advertisement

मंगलबार  ३१ वर्षीय अल्का गुरुङले केआई सिंह पुलबाट हाम फालेपछि खोजी कार्य गर्ने क्रममा गुरुङको शव भेटिएको  सशस्त्रको गोताखोर सशस्त्रले जनाएको छ । मंगलबार पोखरा महानगरपालिका १६ को केआई पुलबाट लामाचौर बस्ने  अल्का नदीमा हाम फालेकी थिइन् । सशस्त्रको गोताखोरसहितको टोली उद्धारका लागि गएको थियो। अल्काको खाजी कार्य गर्ने क्रममा अर्को शव भेटिएको सशस्त्रले जनाएको हो ।