Thursday, September 24

राप्ती नदीमा डुबेका बालकको खोजी जारी

नेपालअखबार, दाङ। दाङस्थित राप्ती नदीमा डुबेर बेपत्ता भएका बालकको खोजी कार्य जारी छ।

Advertisement

बिहीबार अपराह्न ४ बजेतिर राप्ती गाउँपालिका वडा नम्बर १ भालुवाङस्थित राप्ती नदीमा नुहाउने क्रममा १३ वर्षीय विवेक सुनार डुबेर बेपत्ता भएका थिए।

Advertisement
Advertisement

नदीमा ४ जना बालक नुहाउन पसेको र त्यसमध्ये एक जना डुबेर बेपत्ता भएका थिए।

Advertisement

इलाका प्रहरी कार्यालय भालुवाङका प्रहरी प्रमुख, प्रहरी निरीक्षक उज्वलबहादुर सिंहले अर्का एक बालकलाई उनका साथीहरूले उद्धार गरे पनि सुनारको भने खोजी जारी रहेको बताए।

बेपत्ता बालकको खोजी कार्यमा सशस्त्र प्रहरी बल ज्वालामाई गण २९ नम्बर हेडक्वार्टर भालुवाङका सशस्त्र प्रहरी, इलाका प्रहरी कार्यालय भालुवाङका प्रहरी र स्थानीयले खोजी कार्य जारी राखेका छन्।