Tuesday, July 28

सेनाको साइबर स्पेसमा हमला गरेको आरोपमा पोखराबाट पक्राउ परे युवा

नेपालअखबार, पाेखरा । नेपाली सेनाको साइबर स्पेशमा अनधिकृत पहुँच पुर्‍याएर हमला गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।

Advertisement

प्रहरीको साइबर ब्यूरोले स्याङ्जाको वालिङ नगरपालिका वडा नम्बर १० घर भई पोखराको बाटुलेचौरमा डेरा गरी बस्दै आएका २१ वर्षीय सागर ढकाललाई पक्राउ गरेको हो।

Advertisement
Advertisement

विभिन्न समयमा सेनाको साइबर स्पेशमा अनधिकृत हमला गरेको भन्दै सेनाले साइबर ब्यूरोलाई यसबारे पत्राचार गरेको थियो।

Advertisement

ढकाललाई बिहीबार पोखरा महानगरपालिका वडा नम्बर १६ बाटुलेचौरबाट पक्राउ गरी विद्युतीय कारोबार ऐन २०६३ को अपराधअन्तर्गत कसुरमा मुद्दा चलाइएको प्रहरीको भनाइ छ।

पक्राउ परेका ढकालविरूद्ध काठमाडौं जिल्ला अदालतबाट शुक्रबार ७ दिनको म्याद लिएर थप अनुसन्धान भइरहेको साइबर ब्यूरोका प्रवक्ता, प्रहरी उपरीक्षक पशुपतिकुमार रायले जानकारी दिए।