Friday, July 10

सभामुख घिमिरेले पहिलोपटक बोलाए कार्यव्यवस्थाको बैठक

नेपालअखबार, काठमाडौं । सभामुख देवराज घिमिरेले प्रतिनिधिसभाको कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएका छन् । गत ४ मंसिरमा सम्पन्न चुनावपछि पहिलो पटक कार्यव्यवस्था परामर्श समितिको बैठक बस्न लागेको हो ।

Advertisement

बैठक केहीबेरमा सुरु हुनेछ । बैठकमा संसदीय समिति गठन, संयुक्त समिति गठनका लागि नियमावली संशोधन र संसदमा विचाराधीन विधेयकहरु अगाडि बढाउने विषयमा छलफल हुने सभामुखको सचिवालयले जनाएको छ ।

Advertisement
Advertisement

प्रतिनिधिसभाको कार्यव्यवस्था परामर्श समितिमा सभामुख, उपसभामुख, संघीय सरकारका कानुन, न्याय तथा संसदीय मामिलामन्त्री र सांसदहरु सदस्य छन् ।

Advertisement

गत चैत २३ गते गठन भएको कार्यव्यवस्था परामर्श समितिमा दलहरुका तर्फबाट अजयकुमार चौरसिया, अनिता देवी, गंगाराम चौधरी, जीवन परियार, तारा लामा तामाङ्ग, नागिना यादव, पदम गिरी, प्रदिप यादव,  महेशकुमार बर्तौला, मेटमणि चौधरी, रमेश लेखक, रामप्रकाश चौधरी, रामहरि खतिवडा, रुपा सो.शी. (चौधरी), लिलानाथ श्रेष्ठ, विद्या भट्टराई, सन्तोष परियार, सरिता प्रसाई, हितराज पाण्डे र ज्ञानबहादुर शाही सदस्य छन् ।

प्रतिनिधि सभाको बैठक आज दिउँसो एक बजे बस्दै छ ।