
नेपालअखबार, एजेन्सि। १ सय ३८ वर्ष अर्थात् ६ पुस्तासम्म एउटा परिवारमा कुनै छोरी जन्मिएन भन्ने विश्वास गर्नुहुन्छ ? तर अमेरिकामा एउटा यस्तै परिवार छ । जहाँ पछिल्ला ६ पुस्ताले दिदीबहिनी र छोरी देखेनन् ।
तर यो लामो प्रतीक्षा अब सकिएको छ । यो परिवारमा १३८ वर्षपछि छोरी जन्मिएको छ ।
बालिकाकी आमाले सामाजिक सञ्जालमा आफ्नो कथा साझा गरिन्, जहाँ यो भाइरल भयो । विश्वभरका मानिसहरूले यी बालिकालाई स्वागत गरिरहेका छन् । यसका साथै मानिसहरू यो परिवारको कथा पनि खोजिरहेका छन् ।
परिवारको अन्तिम छोरी सन् १८८५ मा जन्मिएकी थिइन्
अमेरिकाको मिशिगनमा बस्ने एन्ड्रयूको परिवारमा सन् १८८५ पछि छोरीहरूको खडेरी परेको थियो । सन् १८८५ मा, यो परिवारमा अन्तिम पटक छोरीको जन्म भएको थियो ।
यो एन्ड्रयू अघि ६ पुस्ता अघिको कुरा हो । सुरुका केही वर्षसम्म परिवारले यो कुरालाई सामान्य तरिकाले हेर्यो ।
तर दशकौँसम्म छोरी नजन्मिएपछि परिवार अलि चिन्तित भयो ।
तर जब वर्षौँसम्म परिवारमा छोरी जन्मिइनन्, एन्ड्र्यूको परिवारले आशा त्यागे र यसलाई आफ्नो भाग्यको रूपमा स्वीकार गरे ।
एन्ड्रयूलाई पनि छोरीको आशा थिएन
परिवारको लामो इतिहासलाई मध्यनजर गर्दै एन्ड्रयू र उनकी श्रीमती कार्लेनले पनि छोरीको आशा त्यागेका थिए ।
यी दुईका ४ वर्षका छोरा छन् । यस पटक पनि दुवैले छोराको अपेक्षा गरेका थिए । तर, छोरी भएको थाहा पाएपछि उनीहरूको खुसीको सीमा रहेन ।
छोरी जन्मिएकोमा एन्ड्रयू र उनकी श्रीमतीले पूरा परिवारका लागि शानदार पार्टी दिए ।
डेटिङ गर्दा परिवारको इतिहास सुनाएका थिए
यो अमेरिकी परिवारको अचम्मको कहानीमा धेरैले रुचि दिएका छन् । अमेरिकी मिडियामा एन्ड्रयू र उनको परिवारको कथाबारे धेरै कुरा लेखिएको छ । यस अनुसार एन्ड्रयूले आफ्नी श्रीमती कार्लेनलाई डेट गरिरहँदा उनले कार्लेनलाई आफ्नो पारिवारिक इतिहासबारे जानकारी दिएको र छोरीको आशा नगर्न सल्लाह दिएका थिए ।
चिकित्सा विज्ञानका अनुसार छोरा र छोरीको जन्म अनुपात ५०–५०
डाक्टरका अनुसार जब गर्भमा लिङ्ग निर्धारण हुन्छ तब छोरा वा छोरी हुने सम्भावना ५०–५० प्रतिशत हुन्छ ।
केही मामिलामा अपवादस्वरुप तेस्रो लिङ्गी जन्मिन्छन् । यस्तोमा कुनै परिवारमा ६ पुस्ता र १३८ वर्षसम्म कुनै छोरी नजन्मिनु संयोग नै मान्नुपर्ने डाक्टर बताउँछन् ।

