Sunday, July 26

ढाकाकुमार श्रेष्ठको अडिओ प्रकरणबारे छलफल गर्न रास्वपा अनुशासन आयोगको बैठक बस्दै

नेपालअखबार, काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को अनुशासन आयोगको बैठक आज बस्ने भएको छ।

Advertisement

पार्टी कार्यालय बसुन्धारामा मंगलबार बिहान ११ बजे बस्ने बैठकमा ढाकाकुमार श्रेष्ठको अडिओ प्रकरणबारे छलफल गर्ने तयारी छ।

Advertisement
Advertisement

रास्वपाबाट सांसद रहेका श्रेष्ठले मेडिकल व्यवसाथी दुर्गा प्रसाईसँग २ करोड मागेको अडिओ सार्वजनिक भएको थियो।

Advertisement

श्रेष्ठमाथि रास्वपाले स्पष्टीकरणसमेत सोधेको थियो। उनले पार्टीलाई सोमबार स्पष्टीकरण बुझाइसकेका छन्। उक्त स्पष्टीकरणबारे अनुशासन आयोगमा छलफल हुने र केन्द्रीय समितिलाई सिफारिस गर्ने तयारी छ।