Saturday, July 4

सभामुख निवासमा प्रधानमन्त्रीसहित तीन दलका शीर्ष नेताको बैठक

नेपालअखबार, काठमाडाैं । सभामुख देवराज घिमिरेको सरकारी निवास बालुवाटारमा तीन ठूला दलका शीर्ष नेताहरूको बैठक सुरू भएको छ।

Advertisement

बैठकमा सभामुख घिमिरेसँगै प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली सहभागी छन्।

Advertisement
Advertisement

एमालेका प्रमुख सचेतक पदम गिरी, माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डे, कांग्रेस सांसद ईश्वरी न्यौपाने पनि बैठकमा सहभागी छन्।

Advertisement

महान्याधिवक्ता दीनमणि पोखरेल र पूर्वमहान्यायाधिवक्ता रमेश बडाल पनि बैठकमा बोलाइएको छ।

यसअघि गत शनिबार सभामुख घिमिरेको सिंहदरबारस्थित कार्यकक्षमा तीन शीर्ष नेताहरूको बैठक भएको थियो।

उक्त छलफलमा सत्य निरूपण तथा मेलमिलापसम्बन्धी विधेयकलाई संसदबाट पारित गर्ने विषयमा कुराकानी भएको थियो।

प्रधानमन्त्री प्रचण्डले उक्त विधेयक फास्ट ट्रयाकबाट पारित गर्न प्रस्ताव गरेका थिए। आजको बैठकमा उक्त विषयमा थप छलफल हुने बताइएको छ।