Sunday, May 10

ढाका कुमारको अडियो प्रकरणबारे रास्वपाले आज निर्णय गर्ने

नेपालअखबार, काठमाडौं । प्रतिनिधि सभा सदस्य ढाका कुमार श्रेष्ठको अडियो प्रकरणबारे राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आज निर्णय गर्ने भएको छ ।

पार्टीको अनुशासन आयोगले छानबिन गरी मंगलबार नै प्रतिवेदन बुझाएकोले आज केन्द्रीय समिति बैठकबाट निर्णय हुने रास्वपाले जनाएको छ ।

Advertisement

ढाका कुमारको अडियो प्रकरणबारे निर्णय गर्न रास्वपाले दिउँसो २ बजेका लागि केन्द्रीय समिति बैठक बोलाएको छ । पार्टी कार्यालय बसुन्धरामा बस्ने सोही बैठकबाट निर्णय हुनेछ ।

रास्वपाका सांसाद ढाका कुमारले व्यवसायी दुर्गा प्रसाईंसँग  २ कराेड रकम मागेकाे अडियाे सार्वजनिक भएको थियो । त्यसबारे छानबिन गर्ने जिम्मा रास्वपाले अनुशासन आयोगलाई जिम्मा दिएको थियो ।