Friday, July 3

३९ दिनपछि अस्पतालबाट घर फर्किइन् मन्तोरिया

नेपालअखबार,जनकपुर । जनकपुरधामको न्युरो अस्पतालमा उपचार खर्च तिर्न नसकेर बन्धक बनेकी धनुषाको सबैला नगरपालिका-९ की मन्तोरियादेवी राय ३९ दिनपछि घर फर्केकी छिन्। अस्पतालमै बन्धक बनेकी मन्तोरियालाई सबैला नगरपालिकाकाको पहलमा घर फर्काइएको हो।

Advertisement

नगरपालिकाका प्रमुख कारीराम यादवले जिल्ला प्रशासन कार्यालय धनुषासँग समन्वय गरी मन्तोरियालाई बुधबार घर फर्काइएको बताए। नगरप्रमुख यादवले एक लाख रुपैयाँ सहयोग गरेका छन्। बाँकी रकम सहयोगी दाताबाट सङ्कलन गरी चुक्ता गर्ने शर्तमा मन्तोरियालाई बन्धनमुक्त गराइएको उनले बताए।

Advertisement
Advertisement

सोमबार नगरप्रमुख यादव र जिल्ला प्रशासन कार्यालय धनुषाका प्रशासकीय अधिकृत किरणकुमार मिश्र अस्पताल पुगेर मन्तोरियाको अवस्थाबारे जानकारी लिएका थिए। कार्यपालिकाको बैठकबाट उनलाई उपचार खर्च उपलब्ध गराउने र बन्धकमुक्त गराउन पहल गर्ने निर्णय गरेको थियो।

Advertisement

गत माघ १२ गते मन्तोरियालाई मोटरसाइकलले ठक्कर दिएपछि जनकपुरधामस्थित न्यूरो अस्पताल भर्ना गरिएको थियो। अस्पतालले गत फागुन २० गते उनलाई डिस्चार्ज गरे पनि  उपचार खर्न तिर्न सक्दा घर फर्किन सकेकी थिइनन्। अस्पतालमा उपचारबापत् आठ लाख ७४ हजार तिर्न बाँकी थियो। तिर्न नसकेपछि तीन छोराछोरी र वृद्ध ससुरासहित मन्तोरिया ३८ दिन बन्धक बनेकी थिइन्। रासस