Thursday, July 2

अमेरिकामा डेरी फार्ममा बिस्फोट र आगलागी हुँदा मारिए १८ हजारभन्दा बढी गाई

नेपालअखबार, एजेन्सि। अमेरिकाको टेक्सासमा एउटा पारिवारिक डेरी फार्ममा बिस्फोट र आगलागी हुँदा १८ हजारभन्दा बढी गाई मारिएका छन्।

Advertisement

समाचार संस्था रोयटर्सका अनुसार टेक्सासको पश्चिमी क्षेत्र डिम्मितमा रहेको उक्त डेरी फार्ममा गत सोमबार बिस्फोट र आगलागी भएको हो। अग्नि नियन्त्रकहरूले फार्मबाट एक जना घाइते कामदारको उद्धार गरेका छन्।

Advertisement
Advertisement

बिस्फोट र आगलागीको कारण खुल्न सकेको छैन।

Advertisement

अमेरिकाको कुनै डेरी फार्ममा एकै पटक यति धेरै गाईहरू मरेको यो सन् २०१३ पछिको पहिलो घटना हो। त्यो वर्ष एनिमल वेलफेयर इन्स्टिच्युटले फार्महरूमा हुने आगलागीको तथ्यांक राख्न थालेको थियो।