Friday, July 10

तनहुँको पिउरी दोभानमा जीप दुर्घटनाः चालकको घटनास्थलमै मृत्यु

नेपालअखबार, तनहुँ। पृथ्वी राजमार्गअन्तर्गत तनहुँको शुक्लागण्डकी नगरपालिका–१२ पिउरी दोभानमा जीप दुर्घटना भएको छ।

Advertisement

आइतबार साँझ दुलेगौंडाबाट पिउरी दोभानतर्फ जाँदै गरेको ग १ ज ७९४२ नम्बरको जिप पिउरी दोभानस्थित भित्री कच्ची सडकमा अनियन्त्रित भई दुर्घटना भएको हो।

Advertisement
Advertisement

दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ  भने सात यात्रु घाइते भएको जिल्ला प्रहरी कार्यालय तनहुँका डिएसपी मोहनबहादुर खाँणले जानकारी दिए।

Advertisement

मृत्यु हुनेमा स्याङ्जाको पुतलीबजार नगरपालिका–६ बस्ने ३९ वर्षीय कुलबहादुर सुनार छन्। डिएसपी खाँणका अनुसार उनी जीपका चालक हुन्।

घाइते हुनेमा तनहुँको शुक्लागण्डकी नगरपालिका–१२ का २१ वर्षीया मोतिकला भुजेल, सोही स्थानका ३५ वर्षीया बबिता भुजेल, ३१ वर्षीया कल्पना भुजेल, आठ वर्षीय आरभ भुजेल, ९ वर्षीया रुसिका थापा, ३० वर्षीया तिलकुमारी थापा र २७ वर्षीया हेमकुमारी भुजेल छन्। घाइतेमध्ये मोतिकलाको शुक्लागण्डकी नगरपालिका–५ बेलचौतारास्थित जिपी कोइराला श्वासप्रश्वास उपचार केन्द्रमा उपचार भइरहेको छ भने अन्य घाइतेको गण्डकी मेडिकल कलेज पोखरामा उपचार भइरहेको छ।