Friday, July 3

प्रधानमन्त्री प्रचण्डले गरे चुम श्याग्या महोत्सव उद्घाटन

नेपालअखबार, काठमाडाैं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले चुम श्याग्या शताब्दी महोत्सव उद्घाटन गरेका छन्।

Advertisement

गोरखाको चुमनुब्री गाउँपालिका छेकम्पार पुगेर बुधबार प्रधानमन्त्री प्रचण्डले महोत्सव उद्घाटन गरेका हुन्।

Advertisement
Advertisement

अहिंसा क्षेत्र घोषणा गरेको १०० वर्ष पुगेको अवसरमा चुमनुब्री छेकम्पारमा महोत्सव आयोजना गरिएको छ।

Advertisement

आजदेखि वैशाख ९ गतेसम्म महोत्सव चल्नेछ।

आयोजक चुम श्याग्या शताब्दी मुल समारोह समितिका संयोजकसमेत रहेका चुमनुब्री गाउँपालिका अध्यक्ष निमा लामाले अहिंसा क्षेत्रको विश्वमाझ चिनारी गर्ने उद्देश्यले महोत्सव गरिएको बताए।

महोत्सवको सहआयोजकमा चुमनुब्री गाउँपालिका, मनास्लु संरक्षण क्षेत्र आयोजना, चुम कल्याण समिति, चुम श्याग्या संरक्षण समिति, राजेन गुम्बा, सिप्रेड, डब्लुडब्लुएफ नेपाल, नेपाल पर्यटन बोर्ड र गण्डकी प्रदेश रहेको छ।

करिब एक करोड खर्च गरेर महोत्सव आयोजना गरिएको हो।

चुम उपत्यका कारमार नहुने अहिंसा क्षेत्रका रूपमा परिचित छ।

तस्बिरहरू: