Tuesday, September 15

यात्रीलगायत नेपालमा बन्ने सवारी साधन दर्ता गर्ने कानून बनाउन प्रधानमन्त्रीको निर्देशन

नेपालअखबार, काठमाडाैं । नेपालमा बन्ने यात्री मोटरसाइकललगायत सवारी साधन दर्ता गर्न मिल्ने कानून बनाउन प्रधानमन्त्री पुष्पकमल दाहालले निर्देशन दिएका छन्।

Advertisement

प्रधानमन्त्रीले आज मुख्यसचिव शंकरदास बैरागीमार्फत् सम्बन्धित निकायलाई यस्तो कानून बनाउन निर्देशन दिएको प्रधानमन्त्रीको कार्यालयले जनाएको छ।

Advertisement
Advertisement

‘‘यात्री’ लगायत नेपालमा उत्पादित सवारी साधन दर्ता नभएको भन्ने गुनासोलाई गम्भीरतापूर्वक लिएको छु,’ प्रधानमन्त्री दाहालले भनेका छन्, ‘सवारी साधन दर्ता एवं स्वदेशी उत्पादनलाई प्रवर्द्धन गर्नेगरी तत्काल कानुनी प्रबन्धको प्रक्रिया अगाडि बढाउन नेपाल सरकारका मुख्यसचिवमार्फत् सम्बन्धित निकायलाई निर्देशित गरेको छु।’

Advertisement