Monday, April 20

बारा २ मा ६० प्रतिशत मत खस्यो

नेपालअखबार, काठमाडौँ । बारा निर्वाचन क्षेत्र नम्बर २ मा ६० प्रतिशत मत खेसेको छ । आइतबार भएको प्रतिनिधिसभा अन्तर्गत भएको उपनिर्वाचनमा ६० प्रतिशत मत खसेको हो ।

यसअघि गत मंसिरमा भएको निर्वाचनमा सो क्षेत्रमा ६४. ४४ प्रतिशत मत खसेको थियो ।

Advertisement

मतदान सकिएसँगै मतदान केन्द्रबाट मतपेटिका संकलनको तयारी भएको छ । ८२ मतदान केन्द्रका मतपेटिका संकलन गरेर कलैयास्थित शिक्षक तालिम केन्द्रमा ल्याएर गणना गरिने मुख्य निर्वाचन अधिकृत मुकेश उपाध्यायले बताए ।

मत पेटिका संकलन गरेर सर्वदलीय बैठकपछि आइतबारदेखि नै मतगणना गरिने उनले जानकारी दिए ।