
नेपालअखबार, काठमाडाैं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले लोकतन्त्र दिवस, २०८० को शुभकामना व्यक्त गरेकाछन् । नेपाली जनताको लामो संघर्ष र बलिदानको फलस्वरूप लोकतन्त्र स्थापना भएको आजको दिन ‘लोकतन्त्र दिवस’ को अवसरमा सम्पूर्ण ज्ञात-अज्ञात शहीदहरुप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरुमा हार्दिक शुभकामना व्यक्त गरेका छन् ।
आजको दिनले हामीलाई लोकतान्त्रिक सोच, संस्कार र कार्यशैलीमार्फत मुलुकमा सुशासन, विकास र समृद्धिका लागि एकजुट हुन प्रेरणा प्रदान गर्न सकोस् भन्ने कामना गर्दछु । सार्वभौमसत्ता जनतामा निहित रही जननिर्वाचित प्रतिनिधिबाट शासन सञ्चालन हुने लोकप्रिय तथा सुन्दर पद्धतिको रुपमा रहेको लोकतान्त्रिक शासन व्यवस्था हाम्रो जीवनपद्धतिका रुपमा विकास हुन जरुरी छ ।
सबै नेपालीहरुको हक-अधिकार सुनिश्चित तथा सुरक्षित गर्दै मुलुकलाई समृद्ध र समाजवादी मुलुकको बाटोमा अघि बढाउन आजको दिनले सवैलाई प्रेरित गर्ने शुभेच्छासहित पुनः लोकतन्त्र दिवस, २०८० को अवसरमा हार्दिक शुभकामना व्यक्त गरेका छन् ।

