Thursday, July 16

राष्ट्रिय सभा बैठक बस्दै, विषयगत समितिका सदस्यको नाम हेरफेर गरिने

नेपालअखबार, काठमाडाैं । राष्ट्रिय सभाको बैठक आज बस्दैछ।

Advertisement

नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा दिउँसो १ बजे बैठक बस्ने छ।

Advertisement
Advertisement

आजको बैठकमा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले राष्ट्रिय सभा अन्तर्गत गठित विषयगत समितिमा रहने सदस्यहरूको नाम हेरफेर गर्ने कार्यसूची छ।

Advertisement

त्यस्तै  संस्कृती, पर्यटन तथा नागरिक उड्डयन मन्त्री  सुदन किरातीले ‘प्रतिलिपि अधिकार (पहिलो संसोधन) विधेयक, २०७६ फिर्ता गरियोस्’ भन्ने प्रस्ताव सभासमक्ष पेस गर्ने कार्यसूची रहेको संघीय संसद सचिवालयले जानकारी दिएको छ।