Friday, July 17

गुल्मीको मालिकामा जिप दुर्घटना हुँदा एकजनाको मृत्यु

नेपालअखबार, गुल्मी। गुल्मीको मालिकामा जिप दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ।

Advertisement

गुल्मीको दर्लिङबाट बाग्लुङ भिमगिठे जाँदै गरेको लु १ च ९९११ न को डबल क्याप जिप गएराति करिब पौने १० बजे मालिका गाउँपालिका–२ खल्टिङ खोलामा दुर्घटना हुँदा जिपका सहचालकको मृत्यु भएको हो।

Advertisement
Advertisement

प्रहरीका अनुसार जिपको ब्रेक फेल भई सडकबाट १५० मिटर तल खसेको थियो।

Advertisement

सहचालक बाग्लुङ बडिगार्ड गाउँपालिका–९ का १८ वर्षीय किशोर केसीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका डिएसपी डिल्ली नारायण पाण्डेले जानकारी दिए।

जिपका चालक २१ वर्षीय  प्रेम बहादुर केसी घाइते भएका छन्। लुम्बिनी मेडिकल कलेज पाल्पा प्रभासमा उनको उपचार भइरहेको डिएसपी पाण्डेले जानकारी दिए।