Saturday, July 4

एकीकृत समाजवादी वैतेश्वरको अध्यक्षमा टहल खड्का

नेपालअखबार, दोलखा। नेकपा (  एकीकृत समाजवादी )  वैतेश्वर गाउँपालिका संगठन कमिटीको दोश्रो अधिवेशन सम्पन्न भएको छ।
अधिवेशनले टहल खड्काको अध्यक्षतामा ३१ सदस्यीय गाउँपालिका कमिटी सर्वसम्मत रुपमा निर्वाचित गरेको छ। कमिटीको उपाध्यक्षमा पदम प्रसाद दहाल  बुथी नेपाली ,सचिव रविन दहाल ,उपसचिव गोपाल प्रसाद दहाल ,ढाल बहादुर खड्‌का ,अर्जुन ढुङेल रहनु भएको छ ।

Advertisement

यसैगरी सदस्यहरूमा तारनी प्रसाद दहाल ,शिवप्रसाद दहाल ,राजकुमार दहाल ,उर्मिला ढुङ्गेल ,नारायण प्र दहाल ,रमेश भुजेल ,धन व खत्री ,विद्यानन्द दहाल ,वालकुमार श्रेष्ठ ,दुर्गा बिक ,कृष्ण ढुङ्गेल, देवी व कार्की ,दिपक दहाल ,पदम व दहाल ,दिनेश घिमिरे ,पार्वती न्यौपाने ,पुष्कर कुमार दहाल ,अर्जुन शिवाकेटी ,बद्रि तमाङ ,भक्तराज तमाङ ,केशव तमाङ ,धन व मिजार ,बद्रि मिजार ,चमेली मिजार रहनु भएको छ ।

Advertisement
Advertisement

यसैबीच अधिवेशनले धर्मानन्द दहालको संयोजकत्वमा ७ सदस्यीय सल्लाहकार समिति पनि चयन गरेको छ। सल्लाहकार समितिको सदस्यहरूमा कृष्ण प्रसाद रिमाल ,वाईपी घिमिरे ,जेवि तमाङ्ग ,नाम्गेल लामा ,रघुनाथ दहाल  रहनु भएको छ ।
गाउँपालिका संगठन कमिटीका अध्यक्ष टहल खड्काको अध्यक्षतामा भएको उद्घाटन सत्रमा नेकपा एकीकृत समाजबादीका केन्द्रिय सचिव जीवनराम श्रेष्ठ ,केन्द्रिय सदस्य चुनु केसी ,जिल्ला कमिटी अध्यक्ष भीम दहाल ,बागमती प्रदेश कमिटी सदस्य ,रामकाजी कायस्थ ,जिल्ला कमिटी सचिव अशोक दहाल ,अनेरास्ववियुका केन्द्रिय उपमहासचिव कल्याण दहाल ,भुतपुर्व सैनिक तथा प्रहरी सङ्गठनका केन्द्रिय सचिव पुष्कर रिमाल ,जिल्ला कमिटी सदस्य गोमा दहाल ,युवा संघका केन्द्रिय सदस्य नितेश कुमार थामी लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो।

Advertisement

यसैबीच आज नै विभिन्न पार्टी परित्याग गरि ४१ जना नेता तथा कार्यकर्ता नेकपा एकीकृत समाजबादीमा प्रवेश गरेका छन। नवप्रवेशीलाई केन्द्रिय सचिव जीवनराम श्रेष्ठ ले पार्टी सदस्यता प्रदान गरेर पार्टीमा स्वागत गर्नुभएको थियो।