Thursday, July 9

माधव नेपाल, विष्णु पौडेलहरु निर्दोष भए गच्छादार कसरी दाेषी ? : कांग्रेस नेता सत्तार

नेपाली कांग्रेसको आन्दोलन आफ्ना नेता बचाउन नभई भ्रष्ट्राचारीलाई कारबाहीका लागि भएको कांग्रेस नेता अब्दुल सत्तारले बताएका छन् ।

Advertisement

ललिता निवास जग्गा प्रकरणमा मुख्य दोषीलाई उन्मुक्ति दिएर अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अधिकारको दुरुपयोग गरेको भन्दै उनले आक्रोश ब्यक्त गरे ।

Advertisement
Advertisement

‘वालुवाटार जग्गा विवादमा हाम्रो आन्दोलन गच्छदारलाई बचाउन हुदैहोइन, हाम्रो माग त दोषीलाई उन्मुक्ति दिएको बिरोधमा हो’ सिभिलखबरसंगको कुराकानीमा नेता सत्तारले भने ‘एउटै केश र एउटै प्रकृयामा संलग्न हुने माधव नेपाल, विष्णु पौडेलहरु निर्दोष हुने अनि विजयकुमार गच्छादार कसरी भ्रष्ट्राचारी ?

Advertisement

वालुवाटारमा ५० हजार रुपैयामा जग्गा खरिद गरेको देखाएर विष्णु पौडेलले सरकारलाई कर समेत छली गरेकाले उनलाई दोहोरो कारबाही गर्नुपर्ने उनको माग छ । ‘वालुवाटारमा ५० हजारमा जग्गा पाइन्छ ? सस्तो मुल्य राखेर विष्णु पौडेलले सरकारलाई कर छलेका छन्’ उनले भने ‘उनलाई त दोहोरो कारबाही हुनुपर्छ, सरकारसंग छ त्यो हिम्मत ?’

ललिता निवास जग्गा प्रकरणमा संलग्न हुने सबैलाई कारबाहीको दायरामा ल्याउन उनले सरकारलाई चुनौती समेत दिए ।

पछिल्लो समय अख्तियार सरकारको गोटी भएको आरोप लगाउदै उनले दुइतिहाई बहुमतको दुरुपयोग नगर्न सरकारलाई सुझाव समेत दिए ।

‘गच्छादारले त माधव नेपाल प्रधानमन्त्रीको निर्देशनमा फाइल मन्त्रिपरिषदमा पेश गरेका मात्रै हुन्, अनि निर्णय गर्ने प्रधानमन्त्रीलाई छाडेर प्रस्ताव लैजाने मन्त्रीलाई कारबाही गर्ने यो कहाँको कानून हो ?’ उनले प्रतिप्रश्न गरे ‘त्यसमा अध्ययन गरेर प्रतिवेदन बनाउने सचिव र कर्मचारी खै कहाँ गए, तिनीहरुलाई कारबाही गर्नुपर्दैन ?’

कांग्रेस भ्रष्ट्राचारको विरोधी रहेको स्पष्ट पार्दै कांग्रेस नेता सत्तारले कुनै पनि बाहानामा भ्रष्टाचारीलाई उन्मुक्ति दिन नहुने बताएका छन् । नेपाल मुस्लिम संघका केन्द्रिय अध्यक्ष समेत रहेका सत्तारले लोकतन्त्रमा विधी, विधान र कानूनले सबैलाई समान दृष्टिकोण राख्नुपर्ने तर्क गरे ।

त्यस्तै वाइडवडी जस्ता अरबौंको भ्रष्ट्राचार काण्डमा मुछिएका आफ्ना नेता/कार्यकर्तालाई कारबाही गर्न माग गर्दै उनले प्रतिपक्षी भएकै कारण दोष नसाध्न सरकारलाई चेतावनी समेत दिए ।

दुई तिहाईको बलमा सरकारले संविधान मिचेको आरोप लगाउदै उनले सरकारी सम्पत्तीको कसैलाई दुरुपयोग गर्ने छुट नभएको बताए । कुनै राजनीतिक आस्थाका आधारमा सरकारले गलत व्यवहार गर्नु उचित नहुने उनको तर्क छ ।

उपसभापति विजयकुमार गच्छादार विरुद्ध भ्रष्ट्राचारको मुद्धा लागेपछि पछिल्लो केहि दिनयता कांग्रेसले सडक र सदनमा आन्दोलन गरिहेको छ । गच्छादार सहित अख्तियारले १ सय ७५ जना विरुद्ध मुद्धा दायर गरेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *