Wednesday, July 29

देशैभरका पहारी बन्धुहरु बंशावली तयार पार्न पोखरामा भेला

नेपालअखबार, पाेखरा  । देशै भरका पहारी बन्धुहरु पोखरामा जम्मा भएका छन् ।पहारी कुल संरक्षण समिति कास्की पोखराले आज आयोजना गरेको बशांवली सम्बन्धी कार्यपत्र प्रस्तुत कार्यक्रममा सहभागि हुन पहारी पोखरेल बन्धुहरु पोखरामा भेला भएका हुन् ।

Advertisement

भेलाले पहारीहरुको बशंको रुपमा पानी पोखरेलहरु सगँ जोडिन गएको बारेमा बंशावलिमा उल्लेख भएकोले पहारी र पोखरेलका बारेमा कार्यपत्र द्धारा उजागर गर्ने उद्धेश्यले पहारी पोखरेल बृहत भेलाको आयोजना गरिएको हो ।

Advertisement
Advertisement

अध्ययनका क्रममा पहारीहरुको उद्गम थलो दैलेख जिल्लाको दुल्लु भएको पत्ता लागेको छ । त्यहीँबाट पहारीहरु हाल देश तथा विदेशमा समेत बसोबास गर्दै आएका छन् । पोखराको बैदाम पहारीहरुको मुख्य बसोबास स्थल हो । हाल कास्की सहित सिन्धुली, लमजुङ, तनहुँ, पाल्पा, डोल्पा, काठमाडौँमा पहारीहरु छरिएर रहेका छन् ।

Advertisement

कार्यक्रमका प्रमुख अतिथि भाषा बैज्ञानिक,लेखक समालोचक तथा प्रध्यापक डाक्टर माधव प्रसाद पोखरेलले कार्यक्रममा प्रकाशित बशांबलिका प्रमाणलाई आधार मान्दा पहारी र पोखरेलका आधि पुरुष एउटै भएको जिकिर गर्दै काशीदास जोशी नै पहारी र पोखरेलहरुका पुर्खा रहेको उल्लेख गर्नुभयो ।

शावली आधार र प्रमाण बिना तयार नहुने बताउदै आफ्ना पुर्खाको थातथलोको बारेमा गहन अध्यन गर्न सबैमा उहाँले आग्रह गर्नुभयो ।
पछिलो समय समाजमा अग्रजहरुको सम्मान हराउदै गएको बेला पहारी बन्धुहरुले कुलपितृको नाममा मन्दिर निर्माण गरेर पुर्खाहरुको बशांबलि प्रकाशन महात्वपूर्ण कार्यको थालनि गरेको उहाँले बताउनुभयो ।

कार्यक्रममा पहारी कुल संरक्षण समिति कास्कीका अध्यक्ष गोविन्दराज पहारीले पहिलो पटक पहारी बंशावली तयार गर्ने प्रयास अघि बढाइएकोमा खुशी व्यक्त गर्नुभयो ।

प्राडा रामचन्द्र पोखरेलले अवधारणापत्र प्रस्तुत गर्दै पहारी र पोखरेलहरुको वंशाबली अध्ययन अनुसार धेरै कुरा मिल्ने बताउनुभयो ।
धरानका विष्णुभक्त पोखरेलले कुलको उद्धार गुर्न सबैको कर्तव्य भएको बताउनुभयो । पोखरेल राष्ट्रिय प्रतिष्ठानका महासचिव फडिराज पोखरेलले पुराना पुस्तालाई एकरुपतामा ल्याउन बंशावलीले सहयोग पुग्ने धारणा राख्नुभयो ।गण्डकी प्रदेशसभा सदस्य देवका पहारीले वंशावली भावी पुस्तालाई समेत अध्ययनका लागि उपयोगी हुने बताउनुभयो ।

कार्यक्रममा गण्डकीका पूर्व सांसद राजीव पहारी, पाल्पाका प्रमोद सिँह पहारी, सिन्धुली पहारी बंशाबलीका कोषाध्यक्ष बेदनाथ पहारी, कुल संरक्षण समितिका सहकोषाध्यक्ष तथा बंशावली प्रकाशन समिति संयोजक प्रेमराज पहारी, सचिव जगतबहादुर पहारीले ठूलो मिहिनेतका साथ बंशावली तयारी सुरु भएकोले सबैले साथ र सहयोग गर्न आग्रह गर्नुभएको थियो ।