Monday, August 24

कंगोमा बाढी पहिरोका कारण २०० भन्दा बढीको मृत्यु

नेपालअखबार, काठमाडौं । कंगोमा बाढी र पहिरोमा परी २०० भन्दा बढीको मृत्यु भएको छ ।

Advertisement

कंगोको किवु प्रान्तको कालेह क्षेत्रमा बिहीबार भारी वर्षा भएको थियो । सो क्षेत्रका दुई गाउँमा बाढीले धेरै नै क्षति पुर्‍याएको छ ।

Advertisement
Advertisement

कालेह क्षेत्रबाट २०३ जनाको शव संकलन गरिएको त्यहाँका प्रशासक थोमस बाकेङ्गालाई उद्धृत गर्दै सीबीएस न्यूजले जनाएको छ ।

Advertisement

रेडक्रस लगायतका सहायताकर्मीको टोली उद्धार तथा राहत कार्यमा खटिएका छन् । कंगोका डाक्टर एवम् नोबेल शान्ति पुरस्कार विजेता डेनिस मुकवेगले पनि मेडिकल टोली प्रभावित क्षेत्रमा पठाइएको बताएका छन् ।दुई दिन अगाडि कंगोको छिमेकी देश रुवान्डामा पनि बाढी पहिरोबाट १०३ जनाको मृत्यु भएको थियो ।