Thursday, July 2

कृषि क्षेत्रको विकासका लागि छिट्टै कृषि ऐन ल्याउने -मन्त्री भुसाल

नेपालअखबार, काठमाडौं । कृषि तथा पशुपक्षी विकासमन्त्री डा. बेदुराम भुसालले कृषि क्षेत्रको विकासका लागि छिट्टै कृषि ऐन ल्याउने बताउनु भएको छ । मन्त्रालयले आयोजना गरेको कार्यक्रममा मन्त्री भुसालले यस क्षेत्रमा भएका समस्या समाधान गर्न कृषिजन्य उत्पादनलाई प्राथमिकतामा राखेर ऐन ल्याउने तयारी भइरहेको बताउनु भएको हो । मुलुकमा कृषि उपज बढाउने गरी काम गर्नुपर्नेमा जोड दिँदै उहाँले त्यसका लागि मल, बीउबिजन, विषादी न्यूनीकरण, यान्त्रिकीकरण, बजारीकरणको व्यवस्थापनमा महत्त्व दिएर कृषकलाई सहुलियत दिने गरी ऐन ल्याउन विज्ञसँग छलफल लिइरहेको  बताउनु भयो ।

Advertisement

मन्त्री भुसालले स्रोत, साधन र जनशक्ति भएर मात्रै काम नहुने भन्दै सबैभन्दा ठूलो कुरा काम प्रतिको लगाव महत्त्वपूर्ण रहने भन्दै हालै मात्र सरकारले तरकारी र फलफूलको विषादी जाँचसम्बन्धी नयाँ निर्णय गरेको भन्दै यसको कार्यान्वयनमा विशेष ध्यान दिनुपर्नेमा जोड दिनुभयो  । कतिपय ऐन र कार्यविधिको अभावले पनि सोचे जस्तो काम हुन नसकेको भन्दै यतातर्फ गम्भीर हुन कर्मचारीलाई उहाँले निर्देशन दिनुभयो ।

Advertisement
Advertisement

Advertisement