Tuesday, May 12

साहित्य तिथि मिति विनाको इतिहास हो -भाषा आयोगका सदस्य डा. भट्ट

नेपालअखबार, काठमाडौं ।  भाषा आयोगका सदस्य डा. पुष्करराज भट्टले साहित्य तिथि मिति विनाको इतिहास भएको बताउनु भएको छ । कथाकार राममणि पोखरेलको कथा संग्रह नरेम्पा काकाको विमोचन पछि समीक्षा गर्ने क्रममा बोल्दै डा. भट्टले त्यति बेलाको साहित्य पढ्यो भने तत्कालीन अवस्थाको समाजको इतिहास थाहा हुने बताउनु भयो ।

उहाँले राममणि पोखरेलका कथाहरुमा पूर्वी नेपालको समाजको आर्थिक सामाजिक र सांस्कृतिक पाटोहरु झल्कने भन्दै नेपाली प्रगतिवादी  साहित्यमा उहाँको कृतिले थप इँटा थपेको बताउनु भयो ।

Advertisement

समाजमा विद्यमान आर्थिक सामाजिक सांस्कृतिक शोषणका विरुद्ध साहित्य सृजना मार्फत पोखरेलले विद्रोह गरेको भन्दै डा. भट्टले पोखरेल समाज राजनीति र साहित्यको त्रिवेणी भएको बताउनु भयो ।  राष्ट्रिय जन सांस्कृतिक महासंघ समाजवादीको पाँचौं पूर्ण बैठकको भेलामा नेकपा एकीकृत समाजवादीका मोर्चा फाँट उपप्रमुख भविसोर पराजुली सहितका नेताहरुले पुस्तकको लोकार्पण गर्नु भएको थियो ।