गाेरखा । गोरखा दरबार पुर्ननिर्माणमा भइरहेको ढिलाईप्रति साँसदले चासो देखाएका छन् ।
बुधबार भएको प्रतिनिधी सभा बैठकमा गोरखा क्षेत्र नम्बर १ का साँसद हरिराज अधिकारीले दरबार पुर्ननिर्माणमा भएको ढिलाईका बारे समय लिएर बोलेका हुन् ।
‘गोरखा दरबारलाई भूकम्पले नराम्ररी क्षती ग¥यो, तर बर्षौ भयो पुर्ननिर्माणमा लापरवाही भइरहेको छ’ सभामुखको ध्यानाकर्षण गराउदै साँसद अधिकारीले भने ‘अहिलेसम्म पनि पुर्ननिर्माणको चरण सुरुवाती अवस्थामै रहनुले भ्रमण बर्षलाई गिज्याइरहेको छ ।’
त्यस्तै उनले गोरखा लगायतका जिल्लामा अवैद्य रुपमा सञ्चालन भइरहेका क्ररशहरु बन्द गराउन माग समेत गरेका छन् ।
बुढीगण्डकी, दरौंदी लगायतका नदीहरुको अवैद्य रुपमा दोहन भइरहेको जानकारी गराउदै उनले अवैद्य धन्दाहरु बन्द गराई सरकारले क्रशरहरुलाई बैद्यानिक सिमा भित्र ल्याउन माग समेत गरेका छन् ।

