Friday, July 3

पाँच विद्यार्थी संगठनले संयुक्त कार्यक्रम गर्दै

नेपालअखबार, काठमाडाैं। विद्यार्थी एकता दिवसको अवसर पारेर पाँच विद्यार्थी संगठनले विशेष कार्यक्रम गर्ने भएका छन्।

Advertisement

नेकपा (माओवादी केन्द्र) र नेकपानिकट अखिल क्रान्तिकारी, नेकपा (एकीकृत समाजवादी) निकट अनेरास्ववियु, राष्ट्रिय जनमोर्चानिकट अखिल छैटौं र नेसपानिकट समाजवादी विद्यार्थी युनियनले कार्यक्रमा आयोजना गर्न लागेका हुन्।

Advertisement
Advertisement

जेठ १ गते राष्ट्रिय नाचघरमा हुने ‘विद्यार्थी दिवस र अबको बाटो’ विषयक कार्यक्रममा प्रधानमन्त्री एवम् नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल सहभागी हुने छन्।

Advertisement

त्यस्तै नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराई ,राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी र नेकपा महासचिव नेत्रविक्रम चन्द विप्लव सहभागी हुने अनेरास्ववियुका अध्यक्ष सुदेश पराजुलीले बताए। विद्यार्थीहरूमा एकताको सन्देश दिन आफूहरूले संयुक्त कार्यक्रम गर्न लागेको उनले बताए।